काठमाडौंः बिहीबारदेखि गायिका आस्था राउत चर्चामा छन् । प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो भाइरल भएपछि उनी विवादसँगै चर्चामा छन् ।
धेरैले उनको सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् भने केहीले समर्थन । प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो फुटेज सार्वजनिक भएपछि उनले माफी मागेकी छन् ।
शुक्रबार फेसबुक लाइभमार्फत गायिका राउतले दुई चार शब्द गल्ती बोलेको भन्दै दुई हात जोडेर क्षमा मागेकी छन् । सामाजिक सञ्जालमा तीव्र आलोचना जारी रहेका बेला उनले भनेकी छन्, ‘देखेको भरमा मलाई अनावश्यक गाली नगर्न आस्थाले आग्रह पनि गरेकी छन् । दुई चार शब्द गल्ती बोले, त्यसको लागि क्षमा चाहन्छु । दुई हात जोडेर माफी माग्छु ।’
आफूले बोलेको शब्दहरूप्रति आफैलाई ग्लानी महसुस भएको भन्दै अगाडि भनेकी छन्, ‘महिला प्रहरीले दुर्व्यवहार गरेपछि मनोबल घटेको र मन दुखेको छ । कुनै दम्भ पनि देखाएको छैन, डराएको पनि छैन् ।’
यो पनि पढ्नुस्ः
आस्था राउतको सुरक्षा जाँच गर्ने प्रहरी जवान श्रेष्ठले दिइन् उजुरी