विप्लवको प्रतिबन्ध फुकुवा गरेर वार्तामा ल्याउनु पर्छः महासचिब मैनाली

काठमाडौंः नेकपा (माले)का महासचिव सिपी मैनालीले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर राजनीतिक समाधान नहुने बताएका छन् ।

धर्मसभा राष्ट्रिय मञ्च र नेपाल पत्रकार तथा लेखक समाजकोे आयोजनामा ‘देशको वर्तमान परिस्थी र भबिष्य’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशभक्त शक्तिहरुलाई जबर्जस्त बिद्रोहमा धकेल्दा देश थप संकटमा जानेसमेत चिन्ता ब्यक्त गरे ।

महासचिब मैनालीले नेकपालाई शान्तिपूर्ण राजनीतिक गतिविधिसमेत गर्न पाउने अधिकारबाट च्युत गरेर उसलाई बिद्रोहको बाटो अबलम्बन गर्न प्रेरित गर्नु गलत भएको धारणा राखे । उनले संविधान, कानूनलाई नाघेर गरिएको सरकारी प्रतिबन्ध अनुचित भएको आरोप लगाउँदै भने, ‘यति धेरै कानून र सुरक्षा हुँदा हुँदै पनि प्रतिबन्धले विप्लवसँग सरकारले द्वन्द निम्त्यायो । जुन देश, जनताले थेग्न सक्दैन र कसैले पनि रुचाएको छैन ।’

महासचिब मैनालीले अहिलेसम्म विप्लवले विदेशी शक्तिसँग सहयोग नलिने प्रतिबद्धता जाहेर गरे पनि भविष्यमा उसले त्यसलाई तोड्न सक्ने खतरासमेत जाहेर गर्दै भने, ‘मलाई डर लाग्दै छ, नेपालको विगतको इतिहास शाक्षि छ, विप्लवले मर्ता क्या कर्ता नहीँ भने जस्तै आफूलाई जोगाउन विदेशीको सहयोग लिएर थप संकट ननिम्त्याउलान भन्ने के ग्यारेन्टी । त्यसैले विप्लवले बिद्रोहको बाटो त्याग्ने र सरकारले अनुद्दार नीति त्यागेर राष्ट्रिय एकता कायम गर्नु पर्छ ।’

कमेन्ट गर्नुहोस्