बझाङको गल्लेखमा खानेपानीको अभाव

बझाङः जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नम्बर ९ गल्लेखमा पानीको चरम समस्या रहेको छ । झण्डै २ दर्जन परिवारको बसोबास रहेको गल्लेखबासीले प्रयाप्त खानेपानीको अभावका कारण लामो समयदेखि समस्या झेल्दै आएका छन् ।

स्थानीय धनबहादुर बोहराले गाउँमा खानेपानी नहुँदा टाढाबाट बोकेर ल्याउनुपर्ने बाध्यता सुनाए ।

गल्लेख गाउँको बिचैमा हालै सडक कटान गरीएको छ । त्यसै सडकको किनारमा माथिबाट चुहिरहेको पानीले स्थानीयले जोहो गर्नुपर्ने स्थानीयको बाध्यता छ । टोल भरीमै पानीको अभाव रहेको बताउँदै स्थानीय रामकला खातीले गाउँभरिका छरछिमेकीबीच पानीकै कारण झगडा हुने गरेको दुखेसो सुनाइन् । उनले भनिन्, ‘यो सानो धारोमा पानीको लागी झगडा गर्नुभन्दा त बरु बोकेरै खानु सजिलो छ ।’

गाउँमा रहेको पानीको समस्यालाई तत्काल समाधान गरीदिन स्थानीयको स्थानीय सरकारसँग माग छ । यसैबीच, स्थानीय जनप्रतिनिधी तथा केदारस्यूँ गाउँपालिका ९ नम्बर वडाका वडा अध्यक्ष अहेन्द्र बहादुर शाहीले त्यस क्षेत्रका बासिन्दाले भोगिरहेको पानीको समस्या चाँडै समाधान गरिने आश्वासन दिए । गल्लेख गाउँमा खानेपानी पुर्‍याउने काम भइरहेको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्