ए डिभिजन लिगः आज दुई खेल, कुन–कुन टिमबीच हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौंः सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल र पुलिस क्लब मध्यान्न १२ बजे एन्फा कम्प्लेक्समा भिड्नेछन् ।

दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा हुनेछ ।

पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ ।

जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा लिगकै ठुलो क्लब मानिने मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दशरथ रंगशालामा दुवै टिम दिउँसो ३ बजे आमने सामने हुनेछन् ।

उपाधि होडमा रहेका दुवै टिमलाई जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर छ । नयाँ सिजन खेलाडी अनुबन्धनमा खासै चासो नदेखाएका दुवै क्लब सन्तुलित टिम बनाउँदै लिगमा चुनौती पेश गरिरहेका छन् ।

मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ ।

शीर्ष स्थानको आर्मीको १३ अंक रहेको छ । मछिन्द्रलाई गोल अन्तरमा पछाडी पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

कमेन्ट गर्नुहोस्