बीबीएलः मेलबर्न पहिला ब्याटिङ गर्दै, आज पनि प्लेइङ ११ मा अटाए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा मेलबर्न स्टार्सले टस जितेर ब्याटिङ रोजेको छ । पर्थ र मेलबर्नबीचको खेल १०ः२५ बजेदेखि सुरु हुनेछ । मेलबर्नको ११ औँ म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् । अघिल्लो खेलमा उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिएका थिए ।

११ औँ म्याचका लागि मेलर्न स्टार्सको प्लेइङ ११ः मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याड्सन, ग्लेन म्याक्सवेल ९कप्तान०, सेब गोच, निक लार्किन, नाथन कल्टर–नाइल, सन्दीप लामिछाने, क्लिन्ट हिन्चलिफ, डानियल वर्रल र लान्स मोरिस ।

तालिकाको शीर्ष स्थानमा मेलबर्न स्टार्स

अंक तालिकाको शीर्ष स्थानमा ग्लेन म्याक्सवेल नेतृत्वको मेलबर्न स्टार्स रहेको छ । उसले १० म्याच खेल्दा ९ मा जित हासिल गर्दै १८ अंक जोडेको छ । यता मिचेल मार्श नेतृत्वको पर्थ तालिकाको चौथो स्थानमा छ । उसले १० म्याच खेल्दा ५ मा जित र पाँच् खेलमै हारको सामना गरेको छ । र, पर्थले १० अंक जोडेको छ ।

 

कमेन्ट गर्नुहोस्