काठमाडौंः नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि आज उपत्यका बाहिरका शाखा कार्यालयमा मतदान हुँदैछ। बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
संघको निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका १६ वटा शाखा कार्यालयमा मतदान हुँदैछ। संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्।
नयाँ कार्यसमितिका लागि डा लोचन कार्कीले नेतृत्व गरेको लोकतान्त्रिक समुह र डा. पुष्पमणि खरालले नेतृत्व गरेको समावेशी पेशागत समुह मुख्य प्रतिस्पर्धामा छन्। वरिष्ठ उपाध्यक्षका लागि रक्षा श्रेष्ठ र शिव प्रसाद श्रेष्ठबीच मतदान हुनेछ।
उपाध्यक्षमा अनिलविक्रम कार्की र रञ्जितकुमार झा मैदानमा छन्। कार्की लोकतान्त्रिक र झा पेशागत समूहका हुन्।
महासचिवको लागि हुने मतदान यसपटक रोचक हुने देखिन्छ। महासचिवमा चार जना चिकित्सक प्रतिस्पर्धामा छन्। अजय कुमार मिश्र, बद्री रिजाल, दीपेन्द्र पाण्डे र मधुर बस्नेतले महासचिवका लागि प्रतिस्पर्धामा छन्। मिश्र र पाण्डे स्वतन्त्र उम्मेदवार हुन् भने रिजाल लोकतान्त्रिक र बस्नेत समावेशी पेशागत समूहका हुन्।
पहिलो चरणमा आज र भोली आइतबार उपत्यका बाहिर मतदान हुनेछ। माघ १७ देखि २१ गतेसम्म उपत्यकाभित्र ५ दिन मतदान हुने छ। उपत्यकामा भने संघको कार्यालयमा मतदान केन्द्रमा मतदान हुनेछ।
कोषाध्यक्षमा डा प्रकाश बुढाथोकी र सञ्जित कुमार साह मैदानमा छन्। बुढाथोकी लोकतान्त्रिक र साह समावेशी पेशागत समूहका हुन्।
यस्तै सहसचिवमा लोकतान्त्रिक समूहबाट निरजकुमार सिंह र समावेशी समूहबाट सैलेन्द्र झा चुनावी मैदानमा छन्।
सहकोषाध्यक्षमा विश्वाराज दवाडी र उदयनारायण सिंह मैदानमा छन्। दवाडी लोकातान्त्रक र सिंह समावेशी समूहका हुन्।
सदस्यहरुमा लोकतान्त्रिक समूहबाट क्रमशः विक्रान्त ढकाल, विपेश आचार्य, नन्दकुमारी गुरुङ, प्रमोद जोशी, रितेश थापा र सञ्जिव तिवारी रहेका छन्।
समावेशी समूहबाट सदस्यहरुमा क्रमशः दिपकप्रसाद कोइराला, जगदिशचन्द्र विष्ट, लिजन महर्जन, राकेश कुमार साह, सुमान काफ्ले र त्रिभुवन चन्द्र झा रहेका छन्।
यस्तै सदस्य पदमा अमित चतुर्वेदी र प्रवीणकुमार गिरी पनि चुनावी मैदानमा छन्। स्वास्थ्य खबरपत्रिकाबाट साभार
यी हुन् उपत्यकाबाहिरका १६ निर्वाचन केन्द्र