रिहालगत्तै विप्लव समूहका २ कार्यकर्ता पक्राउ

तुलसीपुरः धरौटी बुझाएर छुटे लगत्तै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई प्रहरीले पुनः पक्राउ गरेको छ ।

नेकपाको भ्रातृ संगठन दलित मुक्ति मोर्चा दाङका जिल्ला अध्यक्ष सुरज परियार र पार्टी सदस्य वाणगंगा नगरपालिका–८ कपिलवस्तुका विष्णुबहादुर रावत जिल्ला अदालत दाङले शुक्रवार धरौटीमा छाडेको थियो । तर, रिहा हुने बित्तकै प्रहरीले पुनः पक्राउ हो । गत असोज ३० मा नेकपा मध्य कमाण्ड ईन्चार्ज वीरजंगसहित २१ जनालाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गरिने

तीन महिनासम्म हिरासतमा बसेका उनीहरुलाई अदालतले जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर, पुनः पक्राउ पर्ने बताउँदै उनीहरु सबै कारागार गएका थिए।  कारागार गएका चारजना नेताले केही दिनअघि धरौटी बुझाएर रिहा हुने क्रममा प्रहरीले पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पुर्‍याएको थियो । उनीहरुलाई सर्वोच्च अदालतले छोड्न आदेश दिएपछि रिहा भएको बताइएको छ ।

याे पनि पढ्नुस  चर्चित कलाकार राजेन्द्र खड्गी पक्राउ

कमेन्ट गर्नुहोस्