बीबीएलः कस्तो रह्यो आज सन्दीपको तेस्रो ओभर?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा मेलबर्न स्टार्समा आवद्ध सन्दीप लामिछानेले आफ्नो तेस्रो ओभरमा ४ रन मात्र दिएका छन् । उनले आफ्नो तेस्रो ओभरमा सिंगल ४ रन मात्र दिएका हुन् ।

सन्दीपले आफ्नो पहिलो ओभरमा विकेटसहित ६ रन दिएका थिए । उनले पहिलो विकेटका रुपमा आफ्नो पहिलो ओभरको चौथो बलमा लायम लिभिङस्टोनलाई १८ रनमा आउट गर्न सफल भए । सन्दीपले ३ ओभर बलिङ गर्दा १ विकेट लिएर १९ रन दिएका छन् ।

याे पनि पढ्नुस  लंका प्रिमियर लिगमा बिकेनन् सन्दीप लामिछाने

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो । उसका लागि ओपनर हिल्टन कार्टराइटले अर्धशतक बनाए । उनले ५६ बलमा ७ चौका प्रहार गर्दै अविजित ५८ रन बनाए । यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५, निक लार्किनले २४ रनको योगदान दिए । आज मेलबर्नका अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा पर्थका म्याथ्यू केलीले ३, झाय रिचर्डसन र फवाद अहमदले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  बीबीएलः टम ब्यान्टनले प्रहार गरे ५ बलमा ५ छक्का!

मेलबर्नको ११ औँ म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् । अघिल्लो खेलमा उनले ३ ओभरमा ७ रन दिएर २ विकेट लिएका थिए ।

११ औँ म्याचका लागि मेलर्न स्टार्सको प्लेइङ ११ः मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याड्सन, ग्लेन म्याक्सवेल (कप्तान), सेब गोच, निक लार्किन, नाथन कल्टर–नाइल, सन्दीप लामिछाने, क्लिन्ट हिन्चलिफ, डानियल वर्रल र लान्स मोरिस ।

कमेन्ट गर्नुहोस्