मेलबर्न स्टार्सको दशौं जित, सन्दीपले लिए महत्वपूर्ण विकेट

बिग बास लिग

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा पनि मेलबर्न स्टार्स १० रनले विजयी भएको छ ।

मेलबर्नले दिएको १ सय ४१ रनको सामान्य लक्ष्य पछ्याएको पर्थले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो । उसका लागि क्यामेरोन बानक्राफ्टले सर्बाधिक ३२ रन बनाए ।

बलिङमा मेलबर्नका निक म्याडिन्सनले ३, सन्दीप लामिछाने, ग्लेन म्याक्सवेल, क्लिन्ट हिन्चलिफ र डानियल वर्रलले एक–एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

याे पनि पढ्नुस  बीबीएलः आइतबार हुने म्याचका लागि पनि सन्दीप टिममा

उसका लागि ओपनर हिल्टन कार्टराइटले अर्धशतक बनाए । उनले ५६ बलमा ७ चौका प्रहार गर्दै अविजित ५८ रन बनाए । यस्तै कप्तान ग्लेन म्याक्सवेलले २५, निक लार्किनले २४ रनको योगदान दिए ।

आज मेलबर्नका अन्य खेलाडीले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा पर्थका म्याथ्यू केलीले ३, झाय रिचर्डसन र फवाद अहमदले एक–एक विकेट लिए ।

याे पनि पढ्नुस  बीबीएलः होबार्टविरुद्ध कस्तो रह्यो सन्दीपको पहिलो ओभर?

आजको जितसँगै मेलबर्न २० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा कायमै छ । उसले ११ म्याच खेल्दा एक खेलमा मात्र पराजय बेहोरेको छ । यता पर्थले भने ११ म्याच खेल्दा ६ मा हारको सामना गरेको छ । १० अंकका साथ पर्थ तालिकाको चौथो स्थानमा छ । मेलबर्नले आफ्नो १२ औं म्याच सोमबार दिउँसो १ः२५ बजे सिड्नी सिक्सर्सविरुद्ध खेल्ने छ ।

याे पनि पढ्नुस  बीबीएलः ८ ओभरको खेलमा लिनको टिमले दियो १२० रनको लक्ष्य

कस्तो रह्यो आज सन्दीपको ४ ओभर?

पर्थ स्कोरर्चर्स विरुद्धको खेलमा सन्दीपले आज ४ ओभरमा २९ रन दिएर १ विकेट लिएन सफल भए । उनले आफ्नो पहिलो ओभरमा विकेटसहित ६ रन दिएका थिए ।

सन्दीपले पहिलो विकेटका रुपमा आफ्नो पहिलो ओभरको चौथो बलमा लायम लिभिङस्टोनलाई १८ रनमा आउट गर्न सफल भए । उनले दोस्रो ओभरमा ९, तेस्रोमा ४ र अन्तिम ओभरमा १० रन खर्चिन पुगे ।

 

कमेन्ट गर्नुहोस्