पाकिस्तान विरुद्धको टी–२० सिरिजका लागि बंगलादेशद्वारा टिम घोषणा

काठमाडौंः पाकिस्तान विरुद्धको टी–२० क्रिकेट सिरिजका लागि बंगलादेशले टोली घोषणा गरेको छ ।

बंगलादेशले आज महूमदुल्लाहको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । बंगलादेश र पाकिस्तानबीचको तीन खेलको टी–२० सिरिज २४ जनवरीदेखि पाकिस्तानमा सुरु हुनेछ ।

पाकिस्तानविरुद्ध खेल्ने बंगलादेशको टिमः महमूदुल्लाह (कप्तान), तमीम इकबाल, सौम्य सरकार, मोहम्मद नइम, नजमुल हुसेन शान्तो, लिटन दास, मोहम्मद मिथुन, अफिफ हुसेन, महेदी हसन, अमीनुल इस्लाम, मुस्तफिजुर रहमान, शफीउल इस्लाम, अल–अमीन हुसेन, रुबेल हुसेन र हसन महमूद ।

हरिस रौफ पहिलोपटक पाकिस्तानी टिममा

पाकिस्तानले केही दिनअघि नै बंगलादेश विरुद्धको टी–२० सिरिजका लागि टोली घोषणा गरिसकेको छ । उसले बाबर आजमको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरिसकेको हो । टीममा पहिलोपटक फास्ट बलर हरिस रौफले मौका पाएका छन् ।

अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा शानदार प्रदर्शन गरिरहेका हरिसले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा डेब्यू गर्ने सम्भावना बढेको छ । यस्तै पाकिस्तानको टिममा अनुभवी अलराउन्डर सोयब मलिक र मोहम्मद अफिजले ‘कमब्याक’ गरेका छन् ।

फास्ट बलर मोहम्मद आमिर र वहाब रियाजलाई पाकिस्तानले बंगलादेश विरुद्धको टोलीमा समेटेको छैन । उसले बलरहरुमा युवालाई विशेष मौका दिएको छ । पाकिस्तान र बंगलादेशबीचको २४ जनवरीदेखि सुरु हुनेछ ।

बंगलादेशविरुद्ध खेल्ने पाकिस्तानी टोलीः बाबर आजम (कप्तान), अहसान अली, अमद बट्ट, इफ्तिखार अहमद, हरिस रउफ, इमाद वसीम, खुशदिल शाह, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान (विकेटकीपर), मोहम्मद मुसा, शादाब खान, शाहीन अफ्रिदी, शोयब मलिक, र उस्मान कादिर ।

कमेन्ट गर्नुहोस्