श्रीमती बलात्कार आरोपमा श्रीमान् पक्राउ

कैलालीः धनगढीमा श्रीमती बलात्कार आरोपमा श्रीमान् पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा व्यवसाय गर्दै आएका दिनेश गुप्ता श्रीमतीमाथि जबरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले गुप्ताकी श्रीमतीले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको बताए । उनका अनुसार जाहेरीपछि फरार रहेका गुप्तालाई बिहीबार धनगढीबाटै पक्राउ गरिएको हो ।

कमेन्ट गर्नुहोस्