ऋषभ पन्तले छोडे २८ करोड कमाउने यी अभिनेत्री, पैसाका कारण टुट्यो सम्बन्ध!

काठमाडौंः भारतीय क्रिकेट टीमका महत्वपूर्ण सदस्य ऋषभ पन्त जहिले पनि चर्चामा रहिरहन्छन् । विशेष गरी प्रदर्शन कारण उनी चर्चामा रहने गरेका छन् । तर, केही दिन अघि भने पन्त खेलमा गरेको प्रदर्शन कारण नभई ‘गलफ्रेण्ड’का कारण चर्चामा रहे । अंग्रेजी नयाँ वर्ष २०२० सुरु भएसँगै पन्त यस घटनाले चर्चामा रहे ।

नयाँ वर्षको सुरुवातमा उनले आफ्नी ‘गर्लफ्रेण्ड’ इशा नेगीसँगको फोटो सार्वजनिक गरे । फोटो सार्वजनिकसँगै केही दिन पन्त चर्चाको शिखरमै रहे । पन्त र इशाबीचको फोटो देखेर उनका समर्थकले खुसी व्यक्त गरे पनि एक अभिनेत्रीलाई भने यो फोटोले तनाव गरिरहेको थियो । पन्त–इशाको फोटोका कारण तनाव लिने अभिनेत्री हुन् उर्वसी रौतेला ।

उर्वसी पूर्वमीस इन्डिया तथा बलिउड अभिनेत्री हुन् । उनी बलिउड जगतमा चर्चित नै छिन् । २०१८ मा उर्वसीको नाम सबैभन्दा पहिला क्रिकेटर हार्दिक पाण्ड्यका साथ जोडिएकाे समाचार बाहिर आएका थिए ।

खबर यो पनि आएको थियो यी दुईले डेट पनि गरेका थिए । हार्दिक एक टेलिभिजन शोमा दिएको अन्तर्वाताका कारण विवादमा आएका थिए । त्यसपछि भने उर्वसी र हार्दिकबीचको समबन्ध चिसिएको अनुमान गरिएको थियो ।

एक पार्टीमो भेट भएको थियो पन्त र उर्वसीबीचः भारतीय मिडियाका अनुसार ऋषभ र उर्वसीबीच एक पार्टीमा भेट भएको थियो । समाचारका अनुसार उर्वसीले पन्तसँग डिनर पनि गरेकी थिइन् । धेरैको अनुमान थियो उनीहरु एकअर्काको प्रेममा छन् । तर, जब पन्तले इशा नेगीसँगको फोटो सार्वजनिक गरे तब यी सबै शंका शंकामै सिमित रहन पुगे ।

भारतीय मिडियाका अनुसार पन्तले इशासँगको फोटो सार्वजनिक गरेपछि उर्वसीले उनलाई पटक–पटक फोन गर्न थालिन् । बारम्बारको फोनपछि पन्तले उर्वसीलाई ब्लक नै गर्न बाध्य भए ।

उर्वसीको कूल आम्दानी हाल करिब २८ करोड भारु छ । उनले बलिउडका धेरै फिल्ममा काम गरिसकेकी छन् । धेरै फिल्ममा काम गरे पनि साचेजस्तो भइरहेको थिएन । र, उनले फिल्म निर्माणका लागि लगानीकर्ता खोजिरहेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उर्वसीले पन्तलाई फिल्ममा लगानी गर्न अनुरोध पनि गरेकी थिइन् । सुरुवातमा उर्वसीको आग्रहलाई पन्तले स्वीकार गरे । तर, पछि पन्तले उनको आग्रहलाई वास्ता गर्न छाडे । र, यी दुईबीचको सम्बन्धमा चिसो बढ्न थाल्यो । सम्बन्ध टुट्न थालेसँगै पन्तले नयाँ वर्षमा इशा नेगीसँगको फोटो सार्वजनिक गरे ।

भारतीय मिडियाका अनुसार हाल ऋषभ वर्षमा ५ करोड रुपैयाँ कमाउँछन् । जसमा बीसीसीआईले दिने तलब पनि सामेल छ । यसका अलाव पन्त इन्स्टाग्राम, विभिन्न विज्ञापन खेलेर कमाउँछन् ।

कमेन्ट गर्नुहोस्