भारतमा निर्माण हुँदैछ विश्वकै ठूलो क्रिकेट स्टेडियम, दर्शक क्षमता १ लाख १० हजार!

काठमाडौंः भारतको गुजरातमा विश्वकै सबैभन्दा ठूलो स्टेडियम निर्माण हुँदैछ । स्टेडियमको नाम ‘मोटेरा क्रिकेट स्टेडियम’ हो । चाँडै यो स्टेडियमको निर्माण कार्य सकिँदै छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आज एक तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै स्टेडियमको काम धामधम भइरहेको जनाएको छ । तस्बिर हेर्ने हो भने स्टेडियमको काम लगभग सकिँदै छ ।

निर्माण भइरहेको यो स्टेडियममा एक लाख १० हजार दर्शक बसेर खेल हेर्न सक्ने छन् । यो स्टेडियम २०१६ सालदेखि निर्माण थालिएको हो ।

निर्माणाधिन यो स्टेडियम पूरा भएपछि यो वर्षको मार्चमा एसिया इलाभेन र वल्र्ड इलाभेनबीच खेल हुनेछ । खेलसँगै विश्वकै सर्बाधिक क्षमता भएको यो स्टेडियमको उद्घाटन हुनेछ ।

 

कमेन्ट गर्नुहोस्