मधेश आन्दोलनः १३ वर्ष पूरा, प्रदेश २ मा बिदा

जनकपुरधामः मधेस आन्दोलनको १३ वर्ष पूरा भएको छ। २०६३ मा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका संयोजक उपेन्द्र यादवलगायतका नेताहरुले अन्तरिम संविधानको प्रतिलिपि जलाएका थिए।

उनीहरुलाई प्रहरीले पक्राउ गर्यो। त्यसपछि लहानमा कृष्णबहादुर यादवको नेतृत्वमा आन्दोलन सुरु भयो। आन्दोलनका क्रममा लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्यनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको मृत्यु भएपछि मधेशमा आन्दोलन चर्किएको थियो।

याे पनि पढ्नुस  प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३१ पुग्यो

आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मधेसी मोर्चासँग सम्झौता गर्यो। सम्झौतापछि पनि मधेशमा संविधान संशोधनबारेमा कयौं आन्दोलन भए। नेपालको संविधान जारी भएपछि मधेशमा फेरि आन्दोलन भयो।

भारतले नाकाबन्दी लगायो। नयाँ संविधान जारी भएपछि प्रदेश २ मा तिनै आन्दोलनकारी दलमध्येकै पार्टी नेतृत्वमा सरकार बनेको छ। तर, मधेशका मुद्दा जहीँको तहीँ रहेको भन्दै सरोकारवालाको असन्तुष्टि रहेको छ।

याे पनि पढ्नुस  उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा ३ दिन बिदा

मधेश आन्दोलनको १३ वर्ष पूरा भएको अवसरमा प्रदेश २ ले बलिदानी दिवस मनाउन सार्वजनिक बिदा दिएको छ।

कमेन्ट गर्नुहोस्