एर्लिन हालान्डको शानदार डेब्यू, २३ मिनेटमै ह्याट्रिक गर्दै जिताय डर्टमण्डलाईं

काठमाडौंः अष्ट्रियन क्लब साल्जवर्गबाट यसै जनवरीमा जर्मन क्लब बोरुसियाडर्टमण्ड पुगेका एर्लिन हालान्डको लिग डेब्यु शानदार रह्यो । उनले डेब्युमा ह्याट्रिक गर्दै यादगार मात्र बनाएनन् डर्टमण्डलाई समेत जित दिलाएका छन् ।

हालान्डले डेब्युमा ह्याट्रिक गर्दै डर्टमण्डलाई जिताए । त्यो पनि दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक पूरा गरे ।

बुण्डेशलिगाअन्तर्गत शनिबार डर्टमण्डले अग्सवर्गलाई ५–३ ले हरायो ।

पहिलो हाफ घरेलु टोली अग्सवर्गको थियो । जसमा उसले १–० को अग्रता लिएको थियो । तर दोस्रो हाफ हालान्ड र डर्टमण्डको रह्यो । जसमा हालान्डले ह्याट्रिक गरे । डर्टमण्डले ५ गोल गर्दै जित पोल्टामा पार्न सफल रह्यो ।

याे पनि पढ्नुस  गौतमले लिइन् एकै म्याचमा ‘ह्याट्रिक’सहित १० विकेट!

५६ औं मिनेटमा लुकास पिजेको स्थानमा हालान्ड मैदानमा प्रवेश गर्दा डर्टमण्ड ३–१ ले पछि थियो । तर जब हालान्ड मैदान छिरे, खेलको कथा फेरियो । मैदान प्रवेश गरेको तीन मिनेटमै उनले बुण्डेसलिगामा डेब्यु गोल गरे । उनले पहिलो टचमै गोल गरेका थिए । जसले डर्टमण्डको खेलमा फर्कने आशा पलायो ।

याे पनि पढ्नुस  च्याम्पियन्स लिगः एम्बाप्पेको ह्याट्रिक, २१ वर्ष पुरानो रेकर्ड तोडे

दुई मिनेटपछि डर्टमण्डका लागि जाडोन सान्चोले गोल गर्दै खेल ३–३ को बराबरीमा पुर्याए । त्यसपछिको दुई गोल हालान्डको नाममा रह्यो । उनले ७० औं र ७९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। मैदान छिरेको २३ मिनेटमै यो सब भएको थियो । तर उनले २० मिनेट अन्तरमा तीन गोल गरेका हुन् ।

याे पनि पढ्नुस  सञ्जोकको ‘ह्याट्रिकमा’ थ्री स्टारको जित, एपीएफलाई हराएर मच्छिन्द्र शिर्ष स्थानमा

जितपछि १८ खेलबाट ३३ अंक जोडेको डर्टमण्ड चौथो स्थानमा छ । समान अंक भए पनि डर्टमण्ड गोलअन्तरमा वायर्न म्युनिखभन्दा पछि छ । वायर्नले एक खेल कम खेलेको छ ।

कमेन्ट गर्नुहोस्