दाङः नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जसरी पनि संसदबाट पारित हुने दावी गरेका छन् ।
नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले एमसीसी नेपालका लागि फाइदाजनक भएकाले पारित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘विकसित मुलकका लागि एमसीसी मुटु नै हो । यो पारित भए विद्युत व्यापार र विस्तारमा महत्वपूर्ण कार्य हुनेछ ।’