राष्ट्रहितमा हुने गरी एमसीसी अनुमोदन हुन्छः प्रवक्ता श्रेष्ठ

गलकोटः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताएका छन् ।

प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले र माओवादी भन्ने इतिहास हो । भागबन्डामा नेकपा लाग्दैन ।’

याे पनि पढ्नुस  नेकपा सचिवालयको बैठक बस्दै, यस्ता छन् एजेण्डा

उनले अहिले निकै चर्चाको विषय बनेको अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने पनि बताए । उनले थपे, ‘एमसिसीको योगदान सकारात्मक हुन्छ । यो राष्ट्रको हितमा रहेको छ । यसलाई कसैले अतिरञ्जित गराउन हुँदैन ।’

याे पनि पढ्नुस  विप्लव नेकपाको अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष रुचाल पक्राउ

राष्ट्रियसभाको उम्मेदवारसमेत रहेका नेता श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताए । राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसारका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बनेका नेता श्रेष्ठ र भगवती न्यौपाने बागलुङ आएका छन् ।

कमेन्ट गर्नुहोस्