अष्ट्रेलियाको दोस्रो विकेट पतन, कप्तान फिन्च पनि सस्तैमा आउट

काठमाडौंः भारत विरुद्धको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा अष्ट्रेलियाले दोस्रो विकेट पनि सस्तैमा गुमाएको छ ।

अष्ट्रेलियाले दोस्रो विकेटका रुपमा कप्तान आरोन फिन्चलाई १९ रनमा गुमाएको हो । उनी ८.६ ओभरका रनआउटको सिकार भएका हुन् ।

यसअघि अष्ट्रेलियाले पहिलो विकेटका रुपमा ओपनर डेविड वार्नरलाई व्यक्तिगत ३ रनमा गुमाउन पुग्यो । उनलाई मोहम्मद शामीले ३.२ ओभरमा आउट गरे ।

याे पनि पढ्नुस  वानडे सिरिजः बंगलादेशविरुद्ध कुसलको शानदार शतक

पहिलो खेलमा अविजित १२८ रन बनाएका वार्नरले दोस्रो म्याचमा १५ रनमै आउट भएका थिए ।

टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले यो समाचार तयार पार्दासम्म ९ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ ।

अष्ट्रेलियाले आज टीममा एक खेलाडी परिवर्तन गरेको छ । उसले केन रिचडर्सनको स्थानमा जोश हेजलउडलाई मौका दिएको छ । घरेलु टीम भारतले भने अघिल्लो खेलकै ‘प्लेइङ सेट’लाई मैदान उतारेको छ ।

कमेन्ट गर्नुहोस्