काठमाडौंः गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा पुरुषोत्तम बस्नेतको शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको उत्कृष्ट एरेन्ज छ । भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् ।
भिडियोमा आयुष रिजाल, शिशिर भण्डारी, शिलाष्मा हमाल र दिपेन्द्र कार्कीको अभिनय छ । गम्भीर बिष्टको कोरियोग्राफीमा उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । त्यस्तै यसमा कलरिष्ट रेनिश फागो रहेका छन ।
भिडियोमा शिक्षक र विद्यार्थीबीचको प्रेम सम्बन्धलाई देखाइएको छ । भिडियोलाई नेप्सिने फिल्म स्टुडियोले उत्पादन गरेको हो ।
माया गर्नुको के अर्थ आँशु झरिसकेपछि, जे जे गर्नुछ गरे हुन्छ म मरिसकेपछि जस्तो शब्दहरु रहेको यो गीत पुरुषोत्तम बस्नेतको प्रभाव एल्बममा समावेश छ । अडियो र भिडियोमा धेरै मिहेनत गरिएको गायक गौतमले बताए । भिडियो गायक गौतमको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।