नेप्से ३३ अंकले बढ्यो, कारोबार रकम २ अर्ब नाघ्यो

काठमाडौंः सेयर बजारमा उल्लेख्य सुधार आएको छ । साताको पहिलो दिन (आइतबार) नेप्से परिसूचक ३३ दशमलव ४३ अंकले बढेको हो भने कारोबार रकमले २ अर्ब रुपैयाँ नाघेको छ ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार यसदिन नेप्से परिसूचक ३३ दशमलव ३४ अंकले बढेर १ हजार ३ सय ४३ दशमलव ६५ अंक कायम भएको हो । परिसूचक २ दशमलव ५५ प्रतिशतले बढेको दिन सेन्सिटिभ इन्डेक्समा पनि ५ दशमलव ५२ अंकको सुधार आएर २ सय ८८ दशमलव ३९ अंकमा कायम भयो ।

नेप्से बढेको दिन बजारमा कारोबार रकम २ अर्ब रुपैयाँ नाघेको छ । यसदिन १ सय ७८ कम्पनीका ६१ लाख ३१ हजार कित्ता सेयर २ अर्ब ९ करोड ८ लाख ७७ हजार रुपैयाँमा किनबेच भए । लामो समय सुस्त बनेको सेयर बजारमा पछिल्लोपटक तरंगित हुन थालेको छ । सेयर बजारमा लगानीकर्ताको उपस्थिति बढ्न थालेको छ । परिसूचकमा पनि प्रतिदिन उच्च सुधार आउन थालेको छ ।

कमेन्ट गर्नुहोस्