श्रीमतीको शव फेला, श्रीमान पक्राउ

मकवानपुरः हेटौंडामा एक युवतीको शव फेला परेको छ । आइतबार बिहान हेटौंडा–१८ दियावतीकी २५ वर्षीया मीना अधिकारीको शव घर नजिकै एक्लेखेतमा फेला परेको हो ।

घटनास्थलमा रगत देखिएको हुँदा उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरी निरीक्षक लगनप्रसाद कुर्मीले मृतक अधिकारीको श्रीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको कर्मीले बताए ।

कमेन्ट गर्नुहोस्