काबुलः अफगानिस्तानको उत्तरी क्षेत्रस्थित तालिबानी आक्रमणका कारण एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
फरयाब प्रान्तस्थित उत्तरी दुर्गम गाउँमा आइतबार दिउसो हमला भएको हो ।
स्थानीय अधिकारीका अनुसार तालिबानले उक्त परिवारलाई अनैतिक गतिविधिमा संलग्न भएको लगायत विभिन्न आरोप लगाउँदैआएको थियो । घटनास्थलमा अहिले सुरक्षाकर्मी खटिएका छन् ।