चितवनः सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन सम्बन्धी मुद्दामा बहस सकिएको छ ।
जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि आजै फैसला गर्ने तयारी रहेको स्रोतले बताएको छ ।
गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ गरिएको थियो ।
जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतले आजै मुद्दा किनारा लगाउने तयारी गरेको बुझिएको छ । न्यूज २४ बाट