भारतमा जारी कराँते खेलमा नेपाली खेलाडीलाई ४ पदक

रौतहटः भारतको मुम्बईमा जारी एसिया कप कराँते च्याम्पियनसिपमा रौतहटका खेलाडीले ४ पदक हात पारेका छन् । महिला ४५ किलो तौल समूहमा रौतहटकी बिबिका श्रेष्ठले संवरण पदक हात पारेकी छिन् । उनले कातामा श्रीलंकाका खेलाडीसँग पराजित हुँदै रजत पदक हात पारेकी हुन् ।

यस्तै पुरुष ५० किलो तौल समूहमा रौतहटका कुसल बस्नेत श्रीलंकाका खेलाडीसंग पराजित हुँदै रजत पदक हात पारेका छन् । कातामा समेत भाग लिएका बस्नेतले कास्य पदक प्राप्त गरेको नेपालबाट सो प्रतियोगितामा सहभागी निर्णायक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्