विराटले बनाए अर्को कीर्तिमान, तोडियो धोनीको रकेर्ड

काठमाडौंः भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले विश्वकीर्तिमान बनाएका छन् । उनले वानडे क्रिकेटमा कप्तानको रुपमा सर्बाधिक छिटो ५ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् ।

विराटले १ सयभन्दा कम पारीमै ५ हजार रन पूरा गर्न सफल भए । अष्ट्रेलिया विरुद्धको वानडे सिरिजको अन्तिम म्याचमा १७ रन बनाएसँगै विराटले यो उपलब्धि हासिल गरेका हुन् । उनले ८२ पारीमै वानडेमा ५ हजार रन बनाउन सफल भए ।

विराट अघि यो कीर्तिमान भारतीय टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नाममा थियो । धोनीले १२७ पारीमा वानडेमा ५ हजार रन बनाएका थिए ।

विराटले वानडे क्रिकेटका २१ शतकसमेत बनाएका छन् । जुन वानडेमा कप्तानको रुपमा बनाइएको यो सबैभन्दा बढी शतक हो ।

कमेन्ट गर्नुहोस्