शतक बनाएर आउट भए रोहित, जम्पालाई पहिलो सफलता

काठमाडौंः एकदिवसीय क्रिकेट सिरिजको ‘निर्णायक म्याच’मा अष्ट्रेलियाले दिएको २ सय ८७ रनको लक्ष्य पछ्यारहेको भारतले दोस्रो विकेट गुमाएको छ ।

भारतले दोस्रो विकेटका रुपमा ओपनर रोहित शर्मालाई गुमाएको हो । उनी ३६.४ ओभरमा व्यक्तिगत ११९ रनमा आउट भएका हुन् । उनलाई एडम जम्पाले क्याच आउट गराए । यो समाचार तयार पार्दासम्म भारतले ३७ ओभरमा २ विकेट गुमाएर २ सय ७ रन बनाएको छ ।

यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८६ रन बनायो ।

उसका लागि अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथले शतक बनाए । उनले १३२ बलमा १४ चौका र १ छक्काको मद्दतमा १ सय ३२ रन नबाए । वानडे क्रिकेटमा स्मिथको यो नवौं शतक हो । अघिल्लो खेलमा स्मिथ ९८ रनमा आउट भएका थिए ।

अष्ट्रेलियालाई २ सय ८७ यो लक्ष्यमा पुर्‍याउन मार्नस लाबुशेनले ५४, एलेक्स क्यारीले ३५, आरोन फिन्चले १९ रनको योगदान दिए । अष्ट्रेलियाका अन्य खेलाडीले भने दोहोरो अंकमासेमत रन बनाउन सकेनन् । बलिङमा मोहम्मद शामीले ४, रवीन्द्र जडेजाले २, कुलदीप यादव र नवदीप सैनीले एक–एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्