राजीनामा दिँदै उपसभामुख तुम्बाहाङ्फे, लगत्तै पत्रकार सम्मेलन गर्ने

काठमाडौः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिँदैछन् ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । त्यसपछिअघि नै तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर संसद् सचिवालयमा राजीनामा दिने बताइएको छ ।

संसद् बैठकपछि तुम्बाहाङ्फेले संसद् भवनमै पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्ने संसद् सचिवालयका सन्चारविज्ञ शेखर अधिकारीले बताए ।

उपसभामुखले राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् ।

नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले सांसद पुष्पा भुषाल गौतमलाई उम्मेदवार बनाउने बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्