सभामुख निर्वाचनः सापकोटा भर्सेस भुषाल

काठमाडौः नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा सचेतक पुष्पा भुषाललाई सभामुखको उम्मेदवार बनाउने भएको छ ।

नेकपाले उपर्युक्त उम्मेदवार नउठाएको भन्दै काउन्टर दिन भुषाललाई सभामुखको उम्मेदवार बनाउन लागेको का्रग्रेसले जनाएको छ । व्यक्ति हत्याका आरोपी सापकोटाको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको र सम्माननीय पदमा हत्याका आरोपीलाई कसरी स्वीकार गर्न नसकिने भन्दै सभामुखमा उम्मेदवार उठाइएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय आइतबार गरिसकेको छ ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । त्यसअघि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिँदैछन् ।

उपसभामुखले राजीनामा दिएपछि बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्नेछन् । त्यसपछि सभामुख चयन प्रक्रिया शुरू हुनेछ ।

कमेन्ट गर्नुहोस्