त्रिकोणात्मक सिरिजः कान्तिपुर टेलिभिजनले लाइभ गर्ने

काठमाडौंः यही महिनाको २२ गतेबाट कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा सुरु हुने नेपालसहित तीन देशको सिरिज कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका सबै म्याच कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको हो ।

प्रशारणका सम्बन्धमा कान्तिपुर टेलिभिजन र नेपाल क्रिकेट संघ क्यानबीच आधिकारीक सम्झौतासमेत भइसकेको छ । सिरिजमा नेपालले पहिलो खेल ओमानविरुद्ध खेल्ने छ । प्रतियोगिता भाग लिन ओमान र अमेरिका खेल सुरु हुनु दुई दिन अगाडि काठमाडौं आइपुग्ने छन् ।

विश्वकप छनोट खेल्ने ढोकाका रुपमा रहेको यो प्रतियोगितामा नेपालले पहिलो पटक खेल्दै छ । ओमान र अमेरिकाले भने यसअघि नै खेलिसकेका छन् ।

जसमा अमेरिका १२ अंकका साथ लिगको शिर्ष स्थानमा छ । ओमान ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

कमेन्ट गर्नुहोस्