बिग बास लिगः सिक्सर्सविरुद्ध पनि सन्दीप प्लेइङ ११ मा

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग अन्तर्गत सिड्नी सिक्सर्स विरुद्धको खेलमा मेलबर्न स्टार्सले टस जितेर बलिङ रोजेको छ ।

मेलबर्न र सिक्सर्सबीचको खेल दिउँसो १ः२५ बजेदेखि सुरु हुनेछ । आजको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले प्लेइङ ११ मा मौका पाएका छन् ।

जारी सिजनमा उनले १० म्याचमा १२ विकेट लिएका छन् । जारी प्रतियोगितामा उनीआवद्ध मेलबर्नले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । गत सिजन उपविजेतासमेत रहेको मेलबर्नले ११ म्याच खेल्दा १० खेलमा जित हात पारेको छ । र, उसले तालिकामा २० अंक बटुलिसकेको छ ।

मेलबर्न तालिकाको शीर्ष स्थानमा रहँदा सिक्सर्स तेस्रो नम्बरमा छ । उसले ११ म्याच खेल्दा ६ खेलमा जित हासिल गरेको छ । र, सिक्सर्सले १३ अंक बनाएको छ । मेलबर्न यो सिजनमा पनि ब्याटिङ अलराउन्डर ग्लेन म्याक्सवेल र सिक्सर्समा मोइसेस हेनरिक्स कप्तान रहेका छन् । सिक्सर्समा टम करन, जेम्स विन्स, नाथन लायनलगायत स्टार क्रिकेटर छन् ।

सिक्सर्सविरुद्ध मेलबर्नको प्लेइङ ११– मार्कस स्टोइनिस, हिल्टन कार्टराइट, निक म्याडिन्सन, ग्लेन म्याक्सवेल ९कप्तान०, सेबास्टियन गोच, निक लार्किन, जोनाथन मर्लो, क्लिंट हिन्चलिफ, डानियल वरवल, लान्स मोरिस र सन्दीप लामिछाने ।

कमेन्ट गर्नुहोस्