काठमाडौंः नेपाली कांग्रेसका युवा नेता धनराज गुरूङले नेकपाका तर्फबाट सभामुखका उम्मेदवार अग्नि सापकोटालाई बधाई दिएका छन् ।
साथै उनले काभ्रेका अर्जुन लामाको आत्मको चीरशान्तिको कामना गर्दै अगाडि लेखेका छन्, ‘न्याय हराएको मेरो देश ।’
किन लेखे यस्तो स्टाटस ?
नेकपाले सभामुखको उम्मेदवार बनाएका सापकोटामाथि काभ्रे छत्रबाँझका लामाको हत्या गरेको आरोप लागेको छ ।
लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् ।
सापकोटाविरूद्ध सर्वोच्च अदालतमा परेको एक मुद्धा र दुई वटा रिटमा यही माघ २२ गते सुनुवाइ हुने भएको हुँदैछ ।
यसै सन्दर्भमा गुरूङले सभामुखका उम्मेदवारलाई सापकोटालाई बधाई र लामाको आत्मको चीरशान्तिको कामना गर्दै ‘न्याय हराएको मेरो देश’ भनेर स्टाटस लेखेका हुन् ।