यात्रा गर्दा बान्ता आउँछ? त्यसोभए अपनाउनुस् यस्ता उपाय

काठमाडौंः नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता । लामो यात्राको क्रममा सानालाई मात्र नभई ठूला मानिसहरुलाई पनि वान्ता हुने समस्या हुन्छ । यसले यात्रालाई रमाइलो बनाउनुका साटो अझ झन्झटिलो बनाईदिन्छ । वान्ता शरीरका विजातीय पदार्थ बाहिर निकाल्ने एक प्रक्रिया पनि हो तर कहिले कहिँ विभिन्न संक्रमणका कारणले पनि वान्ता हुने गर्दछ

याे पनि पढ्नुस  नेकपा–राजपा सहमतिः दुई दलको यात्रा नजिकिँदै

आज हामी यात्राको दौरानमा वान्ता हुने समस्याबाट बच्ने केही उपायका बारेमा बताउन जाँदैछौं जुन तपाईका लागि प्रभावकारी हुन सक्छन्–

–ल्वाङलाई पिसेर हल्का मनतातो पानीमा मिसाएर खानाले बान्ता हुने समस्या कम हुन्छ । सामान्य अवस्थामा पनि ल्वांङ खानाले सुखा बाडुल्कीबाट समेत छुटकारा पाइन्छ।

–कच्ची तथा खाल्डाखुल्डी परेको बाटोमा यात्रा गर्नु परेको खण्ड अघिल्लो सिटमा बस्दा केही आराम मिल्छ। तर यसो गर्नु स्वस्थ्यका हिसाबले अत्यन्तै गलत हो।

याे पनि पढ्नुस  नेकपा–राजपा सहमतिः दुई दलको यात्रा नजिकिँदै

–यात्रामा किताब पढ्ने वा मोबाइल चलाउने गर्नु हुन्न। यसो गर्दा रिंगटा र वाकवाकी लाग्न सक्छ।

–यात्रा गर्दा अदुवाको सानो टुक्रा मुखमा राखेर चुस्दा आराम महसुस हुन्छ। यसबाहेक अदुवा भएको चियाले पनि राहत दिन्छ।

–यात्रामा पुदिना पनि प्रयोग गर्न सकिन्छ। मिन्ट अइलको केही थोपा रुमालमा हालेर सुँघ्न सकिन्छ।

याे पनि पढ्नुस  नेकपा–राजपा सहमतिः दुई दलको यात्रा नजिकिँदै

–यात्रा गर्नुपूर्व हल्का खाना खानु आवश्यक छ । कतिपयको आदत वान्ता हुने डरले खाली पेट नै यात्रा गर्ने हुन्छ । तर यसो वान्ता हुन ठिक भएपछि धेरै तातो र पिरोवाला खाना समेत खानु हुँदैन।

–वान्ता भएपछि हल्का मनतातो पानीमा नुन मिसाई मुख कुल्ला गर्नुपर्छ ।

कमेन्ट गर्नुहोस्