‘बाजी मैले मारें, राजसंस्थाभन्दा पितृसंस्था ठूलो’

काठमाडौंः उपसभामुखबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले नकरात्मक लेख्ने पत्रकारलाई धन्यवाद दिएकी छन् ।

राजीनामापछि आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘ नकरात्मक लेख्ने पत्रकारले मलाई बढी उर्जा दियो । सकरात्मक लेख्नेलाई पनि धन्यवाद ।’

उनले संसदलाई नेतृत्वविहिन बनाएर जानुहुँदैन भनेर अहिले राजीनामा नदिएको र नेकपाले सभामुखको उम्मेदवार टुङ्गो लगाएपछि राजीनामा दिएको बताइन् ।

उनले भनिन्, ‘यसमा मैले बाजी मारेँ । अब केही नयाँ काम गर्दैछुँ ।’ उनले राजसंस्था सबै मिलेर फालेको भए पनि पितृसंस्था फाल्न साह्रै चुनौंती रहेको बताइन् ।

‘मैले बाजी मारें । म सभामुख हुन्छु’हुन्न दोस्रो पाटो थियो । तर मैले यो संस्थालाई सफल बनाएँ,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘देशमा पितृसंस्था यस्तो रहेछ । परिवर्तन गर्न अझै धेरै मेहनत गर्न पर्ने रहेछ । हामी सबै मिलेर राजसंस्था त फालियो । राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

कमेन्ट गर्नुहोस्