मलेसियाविरुद्ध नेपाल नेपाल १३५ रनले विजयी

काठमाडौंः मैत्रीपूर्ण खेलमा मलेसिया–११ विरुद्ध नेपाल–११ एक सय ३५ रनले विजयी भएको छ । नेपालले दिएको २ सय ७७ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । बलिङमा कमलसिंह ऐरीले सर्बाधिक ३ विकेट लिए ।

यसअघि पोखरा क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा ९ विकेट गुमाएर २ सय ७६ रन बनायो ।

नेपालका लागि आरिफ शेखले अविजित शतक बनाए । उनकै शतकमा नेपालले मलेसियालाई विशाल लक्ष्य दिन सफल भयो ।

यस्तै सन्दीप जोराले ५६, करण केसीले २५, पारस खड्काले १६, ज्ञानेन्द्र मल्लले १८ रनको योगदान दिए । पहिलो मैत्रीपूर्ण खेलमा मलेसिया–११ ले पोखरा ११ लाई ६ विकेटले हराएको थियो ।

कमेन्ट गर्नुहोस्