काठमाडौंः दक्षिण अफ्रिका क्रिकेट टीमका स्पिनर केशव महाराजले नयाँ उपलब्धि हासिल गरेका छन् । टेष्ट क्रिकेटमा एकै ओभरमा २८ रन प्रहार गर्दै महाराजले नयाँ उपलब्धि हासिल गरेका हुन् ।
उनले इंग्ल्याण्ड विरुद्धको टेष्ट सिरिजको तेस्रो म्याचको दोस्रो इनिङ्समा एकै ओभरमा २८ रन बनाए । महाराजले इंग्ल्याण्डका कप्तान जो रुटको ओभरमा २८ रन बनाएका हुन् । उनले टेष्टमा एकै ओभरमा सर्बाधिक रन बनाउने वेष्ट इन्डिजका पूर्वक्रिकेटर ब्रायन लारा र अष्ट्रेलियाका जर्ज बेलीको कीर्तिमानलाई बराबरी गरेका छन् ।
लाराले २००३ मा दक्षिण अफ्रिकाका रोबिन पिटर्सनको ओभरमा २८ रन बनाएका थिए । जर्ज बेलीले सन् २०१३ मा इंग्ल्याण्डका जेम्स एन्डरसको ओभरमा २८ रन बनाएका थिए ।
महाराजले बेलि र लाराको रेकर्ड बराबर गर्दा पाकिस्तानी स्टार शाहिद अफ्रिदीको रेकर्ड भने भंग गरेका छन् । अफ्रिदीले भारतसँगको टेष्टमा एकै ओभरमा २७ रन बनाएका थिए । उनले २००६ मा भारतीय स्पिनर हरभजन सिंहको एकै ओभरमा २७ रन बनाएका थिए ।
महाराजले एकै ओभरमा २८ रन बनाउने क्रममा ४ चौका र २ छक्का प्रहार गरेका थिए । आज इंग्ल्याण्डविरुद्ध उनले १०६ बलमा ३ छक्का र १० चौका प्रहार गर्दै ७१ रन बनाए ।
महारज रनआउटको सिकार भएका थिए । महाराजको उत्कृष्ट ब्याटिङका बाबजुत दक्षिण अफ्रिका इनिङसहित ५३ रनले पराजित भयो । आजको हारसँगै तीन खेलको सिरिमजा घरेलु टीम दक्षिण अफ्रिका २–१ ले पछि परेको छ ।