धनगढीः कैलालीमा ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ । जिल्लाको लम्की चुहा नगरपालिका–२ गणेशपुरमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक वडा नम्वर ६ बावनपुरका ३१ बर्षीय रतन बिकले ज्यान गुमाएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ आईरहेको ना २ क ४५८ नम्वरको ट्रकले प्रदेश न. २–०३००४ ब ९६११ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बिकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बिकको लालरत्न अस्पताल लम्कीमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालक धनगढी उत्तरवेहडीका चेतसिंह साउँदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।