कार्टुन क्रूजका सरोज–आश्मा र वर्षा राउतको ‘डलर’ सार्वजनिक

काठमाडौंः पछिल्लो समयमा चर्चित बनेका र्‍यापर मिस्टर आर जे अर्थात् राजेन्द्र भट्ट, आर्जन पाण्डे र विद्या तिवारीको आवाजमा रहेको ‘डलर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नवराज कलौनीको शब्द तथा राजेन्द्र भट्टको संगीतमा रहेको गीतमा आर्जन स्वयम् र वर्षा राउत, कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ।

गायक आर्जन यसअघि ‘घाँटी भन्दा तल त राम्रै हो’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा र विवादमा तानिएका थिए । यस गीतमा भने उनको तारिफ भएको छ । चर्चित कोरियोग्राफर गम्भिर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने इन्टेन्स्ड इल्डले सम्पादन गरेको छ ।

मनोज बस्नेतको निर्माणमा बनेको ‘डलर’ को भिडियोलाई एटके एभरेष्ट मोसन पिक्चर्सले युट्युवमा सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्