अष्ट्रेलियामा धुलोको आँधीः शहरमा दिउँसै अँध्यारो, चेतावनी जारी

एजेन्सीः अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आइतबार धुलोको मुस्लोसहितको आँधीका कारण केही शहरमा दिउँसै अँध्यारो छायो ।

सोसल मिडियामा यसका थुप्रै भिडियो सेयर गरिएका छन् । यसमा न्यू साउथ वेल्स आसपासका शहरमा धुलोयुक्त आँधी देख्न सकिन्छ ।

मौसम विभागले पाक्र्स शहरमा हावाको गती ९४ किलोमिटर प्रतिघण्टा बताएको छ भने डुब्बो शहरमा १०७ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ । मौसम विभागका अधिकारी रोज बारले आइतबार न्यू साउथ वेल्सको मध्य, उत्तरी र पूर्वी हिस्सामा वर्षा पनि भएको जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिप्रति समवेदना

भिक्टोरियामा ५६.६ मिमी वर्षा भयोः

राज्य आपतकालीन सेवामा आइतबार बिहान मद्दतका लागि १ हजार ४ सय ५३ फोन आए । यीमध्ये हजार बढी फोनमा भवन ध्वस्त भएको जानकारी दिइएको थियो । भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा सबैभन्दा धेरै ५६।६ मिमी वर्षा भयो । मेलबर्नको उत्तर–पूर्वमा मेघ गर्जनसहित तेज गतिमा आँधी चल्यो । धेरैजसो इलाकामा १०–१५ मिमी वर्षा भयो जबकी डनकास्टरमा २७ मिमी वर्षा भयो ।

याे पनि पढ्नुस  इन्गेजमेन्टको हिराको औंठी फोहोरमा फ्याँके पछि, ३० टन फोहोरमा खोजी

मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिलः

भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अबको केही दिनमा बाढी र तीब्र गतीको आँधी देख्न सकिने जानकारी दिएका छन् । भिक्टोरियामा आइतबार चेतावनी जारी गरिएको छ । यहाँको १४ स्थानमा डढेलो लागेको छ । पास्टोरियामा डढेलोका कारण मानिसहरुलाई ज्यानको खतरा थियो । यद्यपि, सोमबार बिहानसम्म यसमाथि थोरै नियन्त्रण आएको बताइएको छ । मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिल गरिएको छ ।

कमेन्ट गर्नुहोस्