फाइल फोटो
एजेन्सीः मङ्गलबार बग्दादको ग्रीन जोनभित्र तीन वटा कत्युसा रकेट खसेको छ । सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको ‘ग्रीन जोन’ क्षेत्रमा इराकी सरकारी भवन र अमेरिकी दूतावाससमेत कैयौँ विदेशी नियोगहरु छन् ।
रकेट बग्दादबाहिरको जाफरानीया जिल्लाबाट प्रहार भएको मानिएको छ । स्रोतका अनुसार तीनमध्ये दुई रकेट अमेरिकी दूतावास नजिकै खसेको थियो ।
रकेट खसेपछि ग्रीन जोनमा साइरन बजेको सुनिएको थियो ।
पछिल्लो समय ग्रिन जोन क्षेत्रमा रकेट आक्रमणको घटना बढिरहेको छ र अमेरिकाले यसका लागि इरानसमर्थित अर्धसैन्य समूहलाई जिम्मेवार ठहराएको छ । तथापि आक्रमणहरुको कसैले जिम्मा लिएको देखिँदैन ।
अमेरिकाले जनवरी ३ मा एक शीर्ष इरानी सैन्य कमाण्डरको हत्या गरेपछि इराकमा तनाव बढेको छ ।
यता, इराकमा महिनौँदेखिको सरकारविरुद्ध प्रदर्शन पुनः सुरु भएको छ । सोमबार प्रदर्शनकारीमाथि प्रहरी कारबाही गर्दा पाँचको मृत्यु भयो ।
‘