एप्पलले ल्यायो ब्याट्री साट्ने सुविधा

काठमाडौंः एप्पलले ब्याट्री साट्ने सुविधा ल्याएको छ । विशेषगरी आईफोन एक्सएस, एक्सएस म्याक्स र एक्सआरको ब्याट्रीमा कम्पनीले यो सुविधा ल्याइएको हो । ब्याट्री चार्जिङमा कुनै समस्या आइरहेको छ भने यो सुविधा उपयोग गर्न सकिन्छ ।

एक्स सिरिजका आइफोनमा चार्जिङ समस्या देखिएकाले यस्तो सुविधा ल्याइएको हो । मोबाइल चार्ज नहुने, चार्ज गर्दा समस्या आउने लगाएतका समस्या देखिएको छ भने अब एप्पलले ब्याट्रीका साथै चार्जिङ पोर्ट परिवर्तन गरिदिने जनाइएको छ ।

यो समस्या गत वर्ष जनवरीदेखि अक्टोबरसम्म बनेका सेटामा देखिएको हो । यसबाट कुनै सुरक्षा चुनौती नभए तापनि ग्राहकको सहजताको लागि यो अवसर दिइएको बताइएको छ ।

ब्याट्री साट्नको लागि भने अनिवार्य रूपमा मोबाइल आइफोन स्टोर अथवा कम्पनीको आधिकारिक बिक्रेताबाटै खरिद गरिएको हुनुपर्ने सर्त राखिएको छ ।

कमेन्ट गर्नुहोस्