दीपिका पादुकोण ‘क्रिस्टल अवार्ड’बाट सम्मानित

काठमाडौंः बलिउड अभिनेत्री दीपिका पादुकोण ‘क्रिस्टल अवार्ड’बाट सम्मान गरिएको छ। स्विट्जरल्याण्डको दाभोसमा आयोजना भएको एक समारोहमा दीपिकाले मानसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाँउदै सामाजिक कार्यमा नेतृत्व लिएको भन्दै उनलाई ‘क्रिस्टल अवार्ड’बाट सम्मानित गरिएको हो।

उनी २०१५ देखि ‘द लिभ लभ लाफ’ फाउन्डेसनमा सक्रिय छिन् । दीपिकाले ‘द लिभ लभ लाफ’ फाउन्डेसनमार्फत समाजमा मानसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाइरहेकी छिन् ।

याे पनि पढ्नुस  दीपिकाको ‘छपाक’ले कति कमायो पहिलो दिन?

उक्त फाउन्डेसनले किशोर किशोरीको मानसिक स्वास्थ्य तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण र अनुसन्धान लगायतको विषयमा काम गर्दै आएको छ । अवार्ड जितेसँगै दीपिकाले इन्स्टाग्राममा एक तस्बिर सेयर गर्दै खुसी साटेकी छन्।

कमेन्ट गर्नुहोस्