१० वर्ष कैद सजाए सुनाएपछि फरार ‘झ्याप्ले’ पक्राउ

काठमाडौंः प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ का कमल न्यौपाने भनिने कमल विक (झ्याप्ले) रहेका छन् ।

हाल बसुन्धरा बस्दै आएका कमललाई अपराध महाशाखाको टोलीले गोंगबु गणेशस्थानबाट पक्राउ गरेको हो ।

उनले २०७१ पौष ३० गते धादिङको तिप्लाङ–९ घर भई काठमाडौंको गोलढुंगा बस्ने वर्ष २५ को युरूङ तामाङको ढुंगाले टाउकोमा हानेर हत्या गरेका थिए । उच्च अदालत २०७२ असार २२ मा १० बर्ष कैद फैसला गरेको थियो ।

पक्राउ परेका कमललाई आवश्यक कारवाहिको लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्