८ हजार घुस लिने प्रहरी हवल्दारविरूद्व मुद्दा

काठमाडौंः इलाका प्रहरी कार्यालय उर्लावारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठ विरूद्व अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

श्रेष्ठ काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा ८ हजार घुससहित पक्राउ परेका थिए ।

प्रहरी हवल्दार श्रेष्ठले सेवाग्राहीको व्यवसाय संचालनमा सहज गरिदिने भनी घुसररिसवत माग गरी लिएको तथ्य पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मुद्दा दायर गरिएको हो ।

कमेन्ट गर्नुहोस्