धादिङमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु, २० बढी घाइते

फाइल फोटो

धादिङः धादिङको निलकण्ठ नगरपालिका–८ मा मिनि ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २० बढी घाइते भएका छन् ।

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका ग १ ख ८०१२ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो । ट्रकमा दर्शनार्थीहरू चढेको बताइएको छ ।

मृतकको परिचय खुल्न बाँकी छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

कमेन्ट गर्नुहोस्