बिग बास लिगः नाबीद्वारा चौका–छक्काको वर्षा, तर टिम भने पराजित

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत होबार्ट हरिकेन्स विरुद्धको खेलमा मेलबर्न रेनेगेड्स ४ रनले पराजित भएको छ । होबार्टले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको रेनेगेड्स निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८६ रन बनायो ।

उसका लागि मोहम्मद नाबीले विस्फोटक ब्यटिङ गरे पनि टीमलाई जिताउन सकेनन् । उनले ३० बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ६३ रन बनाए । एकसमय सजिल्यै जित्ने अवस्थामा पुगेको रेनेगेड्स नाबी आउट भएपछि विकेट गुमाउनुका साथै चौका–छक्का प्रहार गर्न सकेन् ।

रेनेगेड्सका लागि ओपनर शन र्मासले ५६, वेब स्टारले ५० रनको योगदान दिँदा पनि टीम हारबाट जाेगिन सकेन । यसअघि टस हारेर ब्याटिङको मौका पाएको होबार्टले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९० रन बनायो ।

उसका लागि कप्तान म्याथ्यू वेड र म्याकलस्टार राइटले शानदार ब्याटिङ गरे । स्टारले ५० बलमा ६ चौका र २ छक्कासहित अविजित ७९ रनको योगदान दिए । कप्तान म्याथ्यूले २९ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ६६ रन बनाए । यस्तै बेन म्याक्डर्मोटले अविजित ३८ र डेविड मिलरले ११ रनको योगदान दिए ।

बलिङमा रेनेगेड्सका क्यारन ब्यासले २ र मोहम्मद नाबीले १ विकेट लिए । आजको जितसँगै होबार्टले १२ खेलमा ९ अंक जोडेको छ । र, होबार्ट तालिकाको सातौं स्थानमा छ । यता गत सिजन विजेता रेनेगेड्स भने १२ म्याचमा ४ अंक जोडेर तालिकाको पुछारमा छ ।

तालिकाको शीर्ष स्थानमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने मेलबर्न स्टार्स छ । उसले १२ म्याच खेल्दा २० अंक जोडेको छ । र, मेलबर्न अंक तालिकाको शीर्ष स्थानमा छ ।

कमेन्ट गर्नुहोस्