ह्विप लगाएर भएपनि एमसीसी पारित हुन्छः पौडेल

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसीसी संसदबाट पारित हुने दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘एक शब्दमा भन्नुपर्दा एमसीसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको छ । प्रमुख प्रतिपक्षी दलले पनि पारित गर्नुपर्छ भनेको छ । त्यसैले पार्लियामेन्टरी सिष्टममा ह्विप लागू हुन्छ ।’

उनले एमसीसी कम्प्याक्टको बारेमा आफूहरुले गहन अध्ययन तथा अनुसन्धान गरेर नै बोलेको पनि स्पष्ट पारे । उनले भने, ‘बाहिर सम्झौताको अध्ययन नै नगरी बोल्यो भन्नेपनि छ, तर मैले यो कम्प्याक्ट पूरै अध्ययन गरेको छु । अस्ति भर्खँरै अमेरिकी दुतावासले जारी गरेको दश बुँदे निश्कर्ष पनि हेरें ।’

उनले उक्त सम्झौतामा निकै शर्तहरु राखिएको भन्दै असन्तुष्टि पोखे । उनले भने, ‘ती शर्तहरु जरूरी छैनन् । अनुदान भनेको त निशर्त दिने कुरा हो । नेपालमा ठूलो भुकम्प आयो, किन ग्रान्ट दिएन् ?’

कमेन्ट गर्नुहोस्