चर्चित टेलिभिजन होस्टले ‘लाइभ शो’ मै पादेपछि…

वासिङ्टनः चर्चित टेलिभिजन होस्ट वेन्डी विलियम्स पछिल्लो समय चर्चा र विवादमा छन् ।

‘द वेन्डी विलियम्स शो’ होस्ट गरिरहँदा वेन्डीले ‘लाइभ शो’ मै पादेको भनेर उनका प्रशंसकले व्यंग्य र आलोचना गरेका छन् । हालैको एक शो को भिडिओमा समेत उनले पादेको आवाज प्रष्ट सुनिन्छ ।

वेन्डीको उक्त भिडिओ हाल सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । जहाँ रातो पहिरनमा सजिएकी वेन्डी असहज तरिकाले बस्दै सिटबाट केही उठेर पादेको देखिन्छ । तर ५५ वर्षीया होस्ट वेन्डीले यसलाई सामान्य रुपमा लिँदै अन्तर्वार्तालाई नियमित रुपमा चलाइन् ।

वेन्डी र फक्स टिभीले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।

कमेन्ट गर्नुहोस्