थाइल्याण्डमा प्रियंकाको मस्ती (तस्बिरसहित)

काठमाडौंः अभिनेत्री प्रियंका कार्की अहिले थाइल्याण्डमा मस्ति गरिरहेकी छिन् । एक हुल साथी बोकेर थाइल्याण्ड पुगेकी उनी कहिले याच्मा त कहिले समुन्द्री किनारमा मस्तीमा देखिन्छिन् । समूहको तस्विरले उनी अहिले व्याचलर्स पार्टीमा ब्यस्त रहेको देखाउँछ ।

उनले एक पोस्टमा आफू चाँडै ब्राइड (दुलही)बन्ने लेखेकीले उनको यो ब्याचलर्स पार्टी हो भन्नेमा कुनै शंका रहेन । उनले करिब २ वर्ष अगाडि नै अभिनेता आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिसकेकी छिन् ।

एकै ब्यक्तिसँग तीन पटक इन्गेजमेन्ट गरेकी उनले २०७६ को प्रारम्भमै विवाह गर्ने संकेत दिए पनि विवाहको घोषणा भने भएन । थाइल्याण्डको फुकेटमा देखिएको उनको बेहुली अवतार र मस्तीले अब उनी आफ्नो एकल यात्रा टुंग्याउने निचोडमा पुगेको देखिन्छ ।

कमेन्ट गर्नुहोस्