राशिद खानको टिमसँग खेल्दै सन्दीपले पूरा गर्लान् १०० विकेट?

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत मेलबर्न स्टार्समाआवद्ध नेपाली क्रिकेटर सन्दीप लामिछानेले भोलि (बुधबार) आफ्नो १२ औँ म्याच खेल्दै छन् । टीमको भने यो १३ औँ म्याच हो ।

सन्दीपले आफ्नो १२ औँ म्याच राशिद खान सम्मिलित एडिलेट स्टाइकर्सविरुद्ध खेल्न लागेका हुन् । मेलबर्न र एडिलेटबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुनेछ ।

जारी संस्करणमा पनि सन्दीपले राम्रै प्रदर्शन गरिरहेका छन् । उनले ११ म्याच खेल्दा १४ विकेट लिएका छन् । र, सन्दीप सर्बाधिक विकेट लिनेको सूचीमा मंगलबार साँझसम्म ‘टप–५’मा कायमै थिए ।

यदि एडिलेटविरुद्ध २ विकेट लिनसके टि–२० क्रिकेट’मा सन्दीपको शतक पूरा हुनेछ । उनले हालसम्म ९८ विकेट आफ्नो नाममा बनाएका छन् ।

१३ औँ म्याचका लागि मेलबर्नद्वारा टोली घोषणा

बीबीएल अन्तर्गत आफ्नो १३ औँ म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले मंगलबार ग्लेन म्याक्सवेलको कप्तानीमा १३ सदस्यीय टोली घोषणा गरेको हो ।

मेलबर्नले आफ्नो १३ औँ म्याच बुधबार एडिलेट स्टाइकर्ससँग खेल्दै छ । मेलबर्न र एडिलेटबीचको खेल दिउँसो १ः५५ बजेदेखि सुरु हुने छ । मेलबर्नमा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि १३ औँ म्याचका लागि टोलीमा अटाएका छन् ।

मेलबर्नले बुधबारको म्याचका लागि टीममा एडम जम्पा र पीटर ह्यान्सकम्ब फर्किएका छन् । उनीहरु भारत विरुद्धको वानडे सिरिजका लागि भारत भ्रमणमा गएका थिए । यस्तै मेलबर्नले जोनाथन मेर्लो र ज्याक्सन कोलम्यानलाई विश्राम दिएको छ ।

जारी सिजनमा मेलबर्न १२ म्याच खेल्दा १० खेलमा जित हासिल गर्न सफल भएको । र, ऊ २० अंकका साथ शीर्ष स्थानमा छ ।

एडिलेट विरुद्धको खेलका लागि मेलबर्नको टीमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, बेन डंक, सन्दीप लामिछाने, सेब गोच, पीटर ह्यान्ड्सकम्ब, क्लिन्ट हिन्चलिफ, निक लार्किन, निक म्याडिन्सन, लान्स मोरिस, मार्कस स्टोइनिस, डानियल वर्रल र एडम जम्पा ।

कमेन्ट गर्नुहोस्