यू–१९ विश्वकपमा बंगलादेशका रकीबुलले लिए ‘ह्याट्रिक विकेट’

काठमाडौंः दक्षिण अफ्रिकामा जारी आइसीसी एकदिवसीय यू–१९ विश्वकपमा बंगलादेशका युवा स्पिनर रकीबुल हसनले ‘ह्याट्रिक’ लिएका छन् । उनले आज स्कटल्याण्ड विरुद्धको खेलमा ‘ह्याट्रिक’ लिएका हुन् ।

यू–१९ विश्वकप २०२० को यो पहिलो ‘ह्याट्रिक विकेट’ हो । १७ वर्षीय रकीबुलको क्रिकेट करियरमा यो पहिलो ‘ह्याट्रिक’ हो । उनले स्कटल्याण्डले ५.३ ओभरमा २० रन दिएर ४ विकेट लिए ।

याे पनि पढ्नुस  यू–१९ विश्वकपः दक्षिण अफ्रिकामाथि फराकिलो जित निकाल्दै बंगलादेश सेमिफाइनलमा

स्कटल्याण्डलाई ८९ रनमा समेट्न रकीबुलको ठूलो महत्वपूर्ण रह्यो । यो खेलमा बंगलादेश ७ विकेटले विजयी भयो । स्कटल्याण्डले दिएको ९० रनको सामान्य लक्ष्य बंगलादेशले १६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

ग्रूप ‘सी’मा रहेको बंगलादेशले २ म्याच खेल्दा दुवै खेलमा जित हासिल गरेको छ । उसले पहिलो खेलमा जिम्बाब्बेलाई ९ विकेटले हराएको थियो । बंगलादेशले तेस्रो खेलमा शुक्रबार पाकिस्तानको सामना गर्ने छ ।

कमेन्ट गर्नुहोस्